सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङ -
बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए । 'तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्याइएको छ,' उनले भने, 'बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौँ तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।'
ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताए ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी
सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर
एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड
बैतडी - यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ
गेटामा स्तन क्यान्सरको परीक्षण सुरू
कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट
प्रतिकृया दिनुहोस