बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी

२०८१ असोज २ बुधबार

नेपाल राष्ट्र बैङ्कले बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली, २०८१ जारी गरेको छ । बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवासम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को व्यवस्थाबमोजिम विनियमावली जारी गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

 

हिजो असोज एक गतेदेखि नै लागू हुने गरी विनियमावली जारी भएको हो । विनियमावलीअनुसार प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने छ ।

 

विनियमावलीमा उल्लेख भए अनुसार बैङ्क खाता रोक्का वा फुकुवाका लागि सम्बन्धित अधिकार प्राप्त अधिकारीले राष्ट्र बैङ्कमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्ने तथा यस्तो पत्र इमेलमार्फत पठाउन सकिने भएको छ ।

 

अधिकारप्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा राष्ट्र बैङ्कले खाता रोक्कासम्बन्धी प्रक्रिया अघि नबढाउने व्यवस्था विनियमावलीमा छ । कुनै कसुरको अनुसन्धानका सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने व्यवस्था पनि विनियमावलीमा छ ।

 

यस्तै विनियमावलीमा प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नका लागि अधिकारप्राप्त अधिकारीले कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका बेहोरा खुलाई राष्ट्र बैङ्कसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैङ्कले इजाजतप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने व्यवस्था रहेको छ ।

 

राष्ट्र बैङ्कले प्राकृतिक व्यक्ति, कानुनी व्यक्ति, कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने र आंशिक खाता रोक्का राख्नुपर्नेका हकमा फरक व्यवस्था गरेको छ ।

 

प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको व्यक्तिको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण आवश्यक पर्ने विनियमावलीमा उल्लेख छ ।

 

कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बरसहितको विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।

 

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ 

 

 

 

प्रतिकृया दिनुहोस

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउले कीर्तिमान बनाएको छ । सुनकाे भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।   यसअघि सुनकाे

असोज १३ गतेदेखि सफा र सुकिलो नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ