राखेपले ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको छ । राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम दिउँसो ३ बजे आर्मी अफिसर क्लब भद्रकालीमा हुनेछ ।
सिनियर र जुनियरमा समान १–१ महिला र पुरुष तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी , २ खेल पत्रकार, १ पालिका, १ प्रायोजक तथा १ राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिने छ । वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।
राखेपले २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।
क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित
एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–९, की
नेपालले आज ओमानसँग खेल्दै
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज
प्रिमियर लिग : आज आठवटा खेल हुँदै
इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र
प्रतिकृया दिनुहोस