प्रतिनिधि सभाको बैठक आज बस्दै

२०८१ भदौ १८ मंगलबार

आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक  बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

 

आज बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउनुहने छ । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

 

यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेद २०८१ र ‘सार्वजनिक सेवा प्रशासन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१  सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत पेश गर्नुहुने छ ।

 

त्यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा, खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ म्न्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने  र प्रधानमन्त्री केपी शर्मा ओलीले  आदिवासी जनजाति आयोगको आव २०७/९०८० को चौथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नुहुने पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

जनताको अवस्था बदल्न दृढताका साथ अघि बढौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।   संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात्