रास्वपा सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

२०८१ भदौ १५ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन् । बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए ।

 

संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश सभापति विष्टले जानकारी दिएका छन् ।बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए ।

 

तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त विष्टले बताएका छन् ।

 

प्रदेश महामन्त्रीबाट बर्खास्त गरिएका बाहुनले भने प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गरेको बताएका छन् । नेतृत्वलाई खुसी पार्न नसक्दा महामन्त्रीबाट हटाइएको उनले बताएका छन् ।

WhatsApp-Image-2024-08-30-at-10.08.21-AM-(1)-1724994732.jpeg

प्रतिकृया दिनुहोस

जनताको अवस्था बदल्न दृढताका साथ अघि बढौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।   संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात्