‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सकियो
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को छायांकन पूर्णरुपमा सकिएको छ । दुई चरणमा गरेर ४० दिनमा छायांकन पूरा भएको हो ।
यस फिल्मको छायांकन जेठ २४ बाट सुरु भएको थियो । पहिलो चरणको छायांकन ओखलढुङ्गाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन गरिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरमा चार दिन चलेको थियो ।
निर्मात विनोद पौडेलका अनुसार अन्तिममा प्रकाश सपुतको अंशको छायांकन गरिएको हो । गायक सपुत फिल्मका मुख्य कलाकार मध्येका एक हुन् । उनले धेरै राम्रो अनुभव र सिकाइसहित छायांकन सकिएको बताएका छन्।
छायांकन सकिएसँगै निर्माण टिम यही दसैंमै फिल्म प्रदर्शनमा ल्याउने तयारीमा जुटेको छ । निर्माता पौडेल भन्छन्, ‘हामीले ठ्याक्कै मिति त तोकिएका छैनौं । काम सकिएको अवस्थामा दसैंमा नै प्रदर्शन हुन्छ ।’
विसं २०८२ साललाई प्रदर्शनको लक्ष्य राखेर टिम छायांकनमा निस्किएको थियो । छायांकनपछि प्रदर्शनलाई लिएर टिमको मानसिकता परिवर्तन भएको हो । पौडेल भन्छन्, ‘फिल्म तयार भयो भने यही दसैंमै प्रदर्शन गर्छौं ।’
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने बताइएको छ । फिल्ममा नायकहरु विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, नायिका अञ्जना बराइली केन्द्रीय भूमिकामा छन् ।
उनीहरुसहित विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला देशभक्त खनालसहित बालकालकार जान्भी पौडेल र स्वायम् केसी मुख्य भूमिकामा रहेको बताइएको छ ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको यस फिल्मको निर्देशक सरोज पौडेलले हुन् । पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु
अमेरिकामा रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि खुसीको खबर छ। अत्यधिक मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न
'पुष्पा २' रिलिजअगावै 'पुष्पा ३' निर्माण घोषणा!
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म 'पुष्पा २: द रूल' प्रदर्शनको तयारीमा छ। यो फिल्म डिसेम्बर ५ देखि हलमा प्रदर्शन
चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने
फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले
प्रतिकृया दिनुहोस