प्रतिनिधिसभाको बैठक आज बस्दै, केही मन्त्रीले मौखिक जवाफ दिने

२०८१ श्रावण ८ मंगलबार

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

 

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

 

यसैगरी, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

बैठकमा सांसद प्रतिमा गौतमले डेङ्गुको प्रकोपबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १०  गतेदेखि १६ गतेसम्म दल दर्ताको निवेदन

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त