प्रधानन्यायाधीशमा राउत नियुक्त

२०८१ असोज २० आइतबार

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हिजो अर्थात् असोजको १९ गतेदेखि अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ सालको चैतसम्म रहनेछ ।

 

यसअघि यही असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । उहाँ आठ वर्षअघि सर्वोच्चको न्यायाधीसमा नियुक्त भएका थिए । राउत देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् ।

प्रतिकृया दिनुहोस

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।   उपचुनाव हुने जिल्लामा रिक्त

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १०  गतेदेखि १६ गतेसम्म दल दर्ताको निवेदन