जिल्लाकै जेठो गणेश विद्यालय जहिल्यै चौधर नदीको चपेटामा

२०८१ असार २६ बुधबार

विमल धामी /कञ्चनपुर -

 

६४ वर्षअघि स्थापना भएको कञ्चनपुरको एक जेठो विद्यालय जहिल्यै बाढीको चपेटामा पर्दै आएको छ । वि.स ०१७ सालमा स्थापना भएको गणेश माध्यामिक विद्यालय बाढीको चपेटामा पर्दै आएको हो । पञ्चायतकालिन समय ०१७ सालतिर तत्कालीन रौतेली गाविस ७ मोहनपुरमा स्थापना भएको विद्यालय अहिले पनि डुवान बाढीको चपेटामा पर्दै आएको छ । 
बेलडाँडी गाँउपालिका ५ ईमलियाको गणेश माध्यामिक विद्यालय बाढीको चपेटामा पर्दै आएको हो । १० माघ ०१७ सालमा तत्कालीन रौतेलीविचुवाको मोहनपुर गाँउमा स्थापना भएको विद्यालय चौधर नदीको चपेटामा अहिलेसम्म पर्दै आएको छ । 


उत्तरी चुरे भएर बग्ने चौधर नदीको सिरानी गाँउमै रहेको विद्यालय बाढीकै कारण चपेटामा पर्दै आएको हो । ०४५ सालतिर चौधर नदीमा आएको बाढीले मोहनपुरमा रहेको विद्यालय उतिबेला क्षति भएर भुर्षा गाँउमा सारियो । भुर्षामा रहेको विद्यालय ०४७ सालको बाढीले फेरी क्षति गरेपछि ईमलिया गाँउमा सारिएको थियो । बाढीबाट बाँच्नका लागि सुरक्षित स्थान गर्दै आएको विद्यालय फेरी २४असार ०८१ सालमा चपेटामा परेको छ । 


०६५ सालमा चौधर नदी गाँउ पस्दा पनि गणेश माविका क्षति पुगेको थियो । १६ बर्षपछि फेरी चौधर नदीगाँउ पस्दा मुहानमै रहेको गणेश मावि फेरी चपेटामा परेको हो । चौधर नदीमा आएको बाढी गणेश माविको शिरानी उत्तरबाट महाकाली सिँचाईको नहर फुटाएर गाँउमा पस्दा विद्यालयमा ठुलो क्षति भएको छ । गणेश माध्यामिक विद्यालयका प्रद्यानाध्यापक जनक थापाले विद्यालय स्थापनादेखि तीन पटक बाढीकै कारण सारिएको बताए । प्रअ थापाले चौधर नदीमा आएको बाढीले पटक पटक विद्यालय विस्थापित र क्षति हुने गरेको बताए । ‘स्थापना भएको ६ दशकको अवधिमा दुई पटक विद्यालय नै स्थानान्तरण गरियो, पटक पटक डुवानमा परियो,‘प्रअ थापाले भने, ‘दुई पटक विद्यालय बगाँउदा तेस्रो पटक यहाँ ईमलिया सारेका थियौँ, अहिले पनि बाढीकै चपेटामा परेका छौँ ।’ 


अहिले भौतिक तर्फ ठुलो क्षति नभएपनि शैक्षिक सामाग्री नष्ट भएको प्रअ थापाले बताए । ‘०६५ सालको बाढीले पुरानो भवनमा क्षति गरेको थियो, ‘प्रअ थापाले भने, ‘अहिले त बढीजस्तो शैक्षिक समाग्री भिजेर नष्ट भएका छन ।’ 


प्रअ थापाका अनुसार विद्यालयको पर्खाल भत्किएको छ, खेल मैदानमा बालुवा भरिभराउ भएको छ । पुुस्ताकालय, स्टापकक्ष, कागजात, विद्युत, ईलेक्ट्रोनिक समाग्री, फर्निचर, शिक्षक, कर्मचारीका अभिलेक, सहितका शैक्षिक कागजात नष्ट भएका छन । 


‘चालु शैक्षिक सत्रको २३ असारसम्म त्रामासिक परीक्षा थियो, हामीले भोलीपल्ट २४ असारमा पनि विद्यार्थीलाई बर्खे विदाका लागि होमवर्क गर्न बोलाएका थियो, तर बाढीले विद्यार्थी आउनै सकेनन, ‘विद्यार्थी विद्यालय पुगेपछि बाढी आएको भए थप दुर्घटना हुन्थ्यो, अहिले त भौतिक तर्फ मात्रै क्षति भयो ।’ अहिलेको अवस्थामा विद्यालय संचालन गर्न नसकिने प्रअ थापाले बताए । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले फेरी १७ बर्षपछि चौधर नदी गाँउ पस्दा विद्यालय सहितका गाँउ डुवानमा परेको बताए । बेलडाँडी गाँउ प्रमुख रानाले वाढीले गाँउपालिकाभरी बाढीबाट क्षतिग्रस्त सरचना शिघ्र पुर्ननिर्माण गरिने बताए । 


चारदिनदेखि भिषण रुपमा परेको अविरल बर्षाले बाढीबाट जिल्लाकै पुरानो विद्यालय सहित दर्जनौँ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका अधिकृत राजेन्द्र प्रशाद भट्टले शैक्षिक क्षेत्रमा भएको क्षतिको विवरण संकलन भईरहेको बताए । बाढीले जिल्लाभरी हजारौँ घर परिवार डुवानदेखि ठाँउठाँउमा निजी र सरकारी संरचनामा क्षति पुगेको छ । 

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी