कञ्चनपुर : झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

२०८१ असार २६ बुधबार

कञ्चनपुर-

 

तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका-३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ । वडा नम्बर ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो ।

 

तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताउनुभयो । “पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल जोगाउन प्रयास थालिनुपर्छ ।” वडा नम्बर २ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुङ्गे पुल रहेको उहाँले उल्लेख गर्नुभयो ।

 

वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पुल जोखिममा परेको जानकारी नगरपालिको बिहीबार बस्ने विपद व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने बताउनुभयो । वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने उहाँले बताउनुभयो । “तटबन्ध निर्माणका लागि प्रदेश सरकारसँग माग गर्न ‘डेलिगेसन’सहित जाने कार्यक्रम छ”, वडा अध्यक्ष चौधरीले भन्नुभयो, “तत्काल पुल जोगाउन अस्थायी प्रबन्ध गर्न योजना बनाइरहेका छौँ । नगर तथा विपद व्यवस्थापन समितिलाई तत्काल जानकारी गराउने छौँ ।”

 

स्याली र सनवोरा नदीले वडाका अधिकांश खेतीयोग्य जग्गा कटान गरेको बताउँदै वर्षा पूरै बाँकी रहेको अवस्थामा थप कटान हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल भइरहेको उहाँको भनाइ छ । पुल वि.सं.२०७३ मा ७० लाखको लागतमा निर्माण भएको थियो । पुलको लम्बाइ एक सय मिटर छ । रासस  

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी