बाढीबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन एनपीको माग

२०८१ असार २६ बुधबार

कञ्चनपुर -

 

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

 

प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकको सुरुवातमै सांसद साउदले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पुगाएको विपदलाई छोड्न नसकिने बताए । कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको उनले बताए । कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको उनले बताएका हुन् ।

 

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ रातोखाली खोलामा तीन किशोरी लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि मृत्यु भएको भएको छ । त्यस्तै बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको उनले बताए ।

 

दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ । तर पहिचान भइनसकेको सांसद साउदले प्रतिनिधि सभामा जानकारी समेत गराएका छन् । पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोखाली खोलामा १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएका थिए । तर तीनै किशोरी मृत अवस्थामा फेला परेका थिए । उनीसँगै गएकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् ।

 

उनीहरुलाई खाल्टोमा डुब्दै गरेको देखेका एकजना युवकले अञ्जलीको कपाल तानेर बाहिर निकालेका थिए । उनै युवकले घटनाबारे समेत जानकारी गराएका थिए। मृतक तीनै किशोरी स्थानीय गौरीशंकर माविमा अध्ययनरत थिए । उनीहरु सबै आफन्त समेत हुन् । ३ किशोरीको मृत्युपछि यतिबेला वडा शोकमा डुबेको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी