आज चार संसदीय समितिको बैठक बस्दै

२०८१ असार २६ बुधबार

सङ्घीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ ।

 

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलितआयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।

 

यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

 

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौं उपत्यकामा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।   सरकारका गलत कदमको विरोध र

कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन : ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनु छ ।   उप्रधानमन्त्री निवास बालुवाटारमा

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन्