कञ्चनपुर : गएको आइतवार र सोमवार दोधारामा ७८ वर्षयताकै धेरै वर्षा

२०८१ असार २६ बुधबार

नेपालमा वर्षा मापन शुरु भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । गएको आइतवार र सोमवार कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको हो ।

 

अस्ति सोमवार विहान पौने ९ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६ सय २४ मिलिमिटर, हनुमान नगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गतेदेखि पूर्वी नेपालबाट शुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो ।

 

वायुमण्डलीय तथ्याङ्क, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट दुई दिन मनसुन न्यूनचापिय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको विभागले जनाएको छ ।

 

यस्तै, पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रहेको, अरब सागर तथा बङ्गालको खाडी दुवैबाट जाउने जलवायुयुक्त हावा कञ्चनपुरमा मिसिएर भारी वर्षा भएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख  छ ।  यसअघि २०७४ सालको साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५ सय १६ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी