बेपत्ता रानाको श*व फेला

२०८१ असार २५ मंगलबार

कैलाली -

 

कैलालीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ । जिल्लाको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका अजय रानाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको हो ।

 

सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए ।

 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो ।

 

उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी