बेपत्ता रानाको श*व फेला

२०८१ असार २५ मंगलबार

कैलाली -

 

कैलालीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ । जिल्लाको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका अजय रानाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको हो ।

 

सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए ।

 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो ।

 

उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।

प्रतिकृया दिनुहोस

कैलाली : पहिरोमा परेर एक बालकको मृ*त्यु

कैलाली -   कैलालीमा पहिरोमा परेर एक बालकको मृत्युु भएको छ ।   शनिबार बाख्रा चराउन गएका चुरे गाउँपालिका–६ का १३ वर्षीय सन्तोष नेपाली पहिरोमा

दोधाराचाँदनीको बाढी प्रभावित बस्तीमा सर्पको बिगबिगी

दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टे प्रकोप बढेकाले बाढी प्रभावितहरु थप त्रसित भएका छन् । डुवान कम भएपछि घर फर्किएका

बाढीपीडितलाई वाणिज्य संघको खाद्यान्न राहत

विकास सिह महता / कञ्चनपुर - कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्लाका बाढीपीडितका लागि खाद्यान्न राहत सहयोग गरेको छ । बाढीपीडितका लागि वाणिज्य संघले