बेलाैरी : बाढी प्रभावित क्षेत्रमा पुगेँ मेयर चौधरी, पीडितलाई राहत !

२०८१ असार २५ मंगलबार

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर

 

चारदिन देखिको अविरल वर्षाका कारण नगरका विभिन्न गाँउबस्ती डुवान, कटान एवम् भौतिक संरचना क्षति भएको स्थानमा बेलौरी नगरका मेयर पोतीलाल चौधरीले स्थलगत अनुगमन गरेका छन् । 


मंगलबार मेयर चौधरीले बाढीबाट नगरका विभिन्न गाँउबस्ती डुवान, कटान एवम् भौतिक संरचना क्षति भएको स्थानमा अवलोकन गरेका हुन् । 


मेयर चौधरीले - "बेलाैरी १० बाढी प्रभावित बस्तीमा पुगेर पीडित परिवारलाई बाँसबस्नका लागि उचित स्थानमा व्यवस्थापन गरिरहेको बताए ।, रातछिप्पी सकेको छ अहाेरात्र भएपनि राहत तथा उद्धारमा खटिरहेका छाैँ उनले भने, बाढी पीडित स्थानीयको अवस्था निकै दयनीय छ ।, 

 

यद्यपि स्थानीय सरकारले बाढी पीडित परिवारलाई राहत र क्षतिग्रस्त परिवारलाई संरचना पुर्ननिर्माणका लागि पहल गर्नेछ उनी भन्छन् - नगरकाे स्रोतबाट हुनसक्ने नगरले गर्ने, नसक्ने प्रदेश र संघीय सरकारलाई अनुरोध गरिने छ।, 


उनले चाैधर नदी कटानी क्षेत्रमा तटबन्ध सहितका योजना अघि सारेर नियन्त्रण गर्दैै भावी दिनमा थपक्षति हुन नदिने दीर्घकालीन योजना अघि सार्ने बताए ।

 

बेलाैरी नगरपालिका ८ र १० क्षेत्रमा अहिलेसम्मकै उच्च बाढी आएको जनाइएको छ । बेलाैरी नगरपालिका १० का बाढी पीडितसंग भेटघाट गर्दै मेयर पाेतीलाल चौधरीले पालिकाबाट सक्दो राहतका कार्यक्रम अघि बढाउने बताए । 

 

यस्तै, बेलाैरी विपद् व्यवस्थापन समिति फाेकल पर्सन अशोक पाण्डेयले बाढी पीडित क्षेत्रमा तत्काल हुनसक्ने खाद्य राहत सामग्री स्वरुप फास्टफुड वितरण गरिएको बताए । उनले नगरकाे टाेली राहत संगै उद्दार कार्यमा खटिरहेको जनाएका छन् ।


मंगलबार नगर प्रमुख पाेतीलाल चाैधरी, उपप्रमुख जाेगराम चाैधरी, लेखा अधिकृत ओम प्रकाश उपाध्याय लगायत विपद् व्यवस्थापनकाे संयुक्त टाेलीद्वारा बाढी प्रभावित क्षेत्रकाे स्थलगत अनुगमन गरिएको फाेकल पर्सन पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी