कञ्चनपुरमा बाढीकाे वितण्डा : चार जनाकाे मृत्यु, एक अझै बेपत्ता

२०८१ असार २४ सोमबार

कञ्चनपुर :

 

कञ्चनपुरमा ४ दिनदेखि परेकाे अविरल वर्षाका कारण बाढीमा परि ४ जनाकाे मृत्यु भएको छ । भने एक जना युवक अझै बेपत्ता छन् । 


साेमबार  बिहान राताेखोला तालमा नुहाउने क्रममा डुबेर बेपत्ता पुनर्वासकी आरती बाेगटीकाे मृत अवस्थामा शव फेला परे संगै मृतककाे संख्या ४ पुगेकाे हाे ।

 

आरती संगै पुनर्वास–५ को रातोखोला तालमा संगै पाैडि खेल्ने क्रममा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको यस अघिनै मृत्यु भएको थियाे । भने तालमा डुबेर आरती बोगटी वेपत्ता भएकी थिईन ।

 

उनकाे शब अपराहन्न ४ बजे फेला परे संगै पाेष्ट मार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक उमेश जाेशीले बताए ।

 

यस अघि कृष्णपुरका सात महिने बालककाे मृत्यु भएकाे थियाे । भने बेलडाँडी गाउँ पालिकाकाे चाैधर नदिमा माछा मार्न गएका एक जना युवक अझै बेपत्ता छन् । 

 

उनको खाेजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । भने बाढीले कञ्चनपुर जिल्लाकाे जन जीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी