एमाले प्रतिपक्षमा बस्ने, संसद् सचिवालयमा जानकारी

२०८१ असार २१ शुक्रबार

नेकपा एमालेले संघीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

 

शुक्रबार एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई दिएको समर्थन गत असार १९ गते फिर्ता गरिएको संसद सचिवालयलाई जानकारी गराउँदै एमाले अब संसद्ंमा प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् । 

 

सचिवालयलाई दिएको पत्रमा बर्तौलाले भनेका छन्– ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ । 

 

सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’ असार २३ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको हो ।

प्रतिकृया दिनुहोस

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौं उपत्यकामा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।   सरकारका गलत कदमको विरोध र

कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन : ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनु छ ।   उप्रधानमन्त्री निवास बालुवाटारमा

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन्