धानको समर्थन मूल्य बढ्यो

२०८१ असार २१ शुक्रबार

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ ।

 

यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय १२ रुपैयाँ र मध्यम धान दुई सय १७ रुपैयाँले बढी हो । सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ ।

 

चालू आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६३ रुपैयाँ थियो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।    नेपाल सुनचाँदी

दुई हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गरेकाे छ । बिहीबारकाे तुलनामा एकै दिन प्रतिताेला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ

१३ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी