अबको तीन दिनसम्म केही नदी र खोलामा बाढीको जोखिम

२०८१ असार २१ शुक्रबार

अबको तीन दिनसम्म देशका मुख्य नदी र खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीका साथै बागमती, महाकली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बाढीको जोखिम छ ।

 

आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने धेरै नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको छ । भोलिदेखि देशभरका धेरै नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

एसईईमा नन ग्रेडेडले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

अब माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण विद्यार्थीहरूले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको