लालझाडीमा भानु मावि पालिकामै उत्कृष्ट, दुई विद्यालय निल
रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा भानु माध्यामिक विद्यालय गाँउपालिकामै उत्कृष्ट भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा सञ्चालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा लालझाडी २ कञ्जमा रहेको भानु मावि गाँउपालिकामै उत्कृष्ट भएको हो ।
लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार भानु माविका २२ विद्यार्थी मध्ये १६ उर्तिण भएका छन् ।
भानु मावि कञ्जले ७३ प्रतिशत रिजल्ट ल्याउन सफल भएको हो भानु माविका प्रद्यानाध्यापक बेद प्रशाद उपाध्यायले शिक्षक, विद्यार्थीको मेहनतले यतीसम्मको विद्यालयलाई सफलता मिलेको बताए ।
प्रअ उपाध्यायले आगामी दिनमा थप मेहनत गरेर शैक्षिक गुणस्तर बृद्धि गर्दै उर्तिण दर बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
उनलेे शिक्षक प्रर्बद्धनका कार्यक्रम ल्याएरै भएपनि शैक्षिक गुणस्तर बृद्धि गर्ने बताए । भानु माविका अध्यक्ष प्रकास रानाले शिक्षकको अति मेहनत र विद्यार्थीका लगावका कारण पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
अध्यक्ष रानाले आगामी दिनमा विद्यालयमा भएका अभावपुर्ति गर्दै थप शैक्षिक सुधार गर्ने बताए ।
शारदा माविका ४६ मध्ये ५, रामेश्वर माविका ३१ मध्ये ११, स्वतन्त्रका ११ मध्ये १ विद्यार्थी मात्रै उर्तिण भएका छन्।
भने, दुई विद्यालय निल भएका छन् । सरस्वती मावि र बैजनाथ मावि निल भएका हुन् । सरस्वती र बैजनाथका २०/२० विद्यालय सहभागी भएका थिए ।
सरकारी लगानीमै सञ्चालनमा रहेका दुई विद्यालयको नतिजा निल आएपछि अभिभावकले निकै आलोचना गरिरहेका छन् ।
लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार कुल १५० मा ३३ विद्यार्थी उर्तिण भएका छन् । यो पनि निरासाजक परिमाण भन्दै सुधारमा जोडदिईएको छ ।
लालझाडी गाँउपालिका प्रमुख निर्मल राना नै विगतमा भानु माविको अध्यक्ष भएर काम गरेका थिए ।
गाँउपालिका प्रमुख निर्मल रानाले एसइईमा शत प्रतिशत रिजल्ट ल्याउनका लागि भानु माविलाई आग्रह गरेका छन ।
गाँउप्रमुख रानाले अहिले गाँउपालिकामै उत्कृष्ट नतिजा ल्याएको भावि माविले आगामी दिनमा शत प्रतिशत नतिजा ल्याउनुपर्ने र अन्य निल भएका विद्यालयले ब्यापक सुधार गर्नुपर्नेमा जोडदिए ।
गाँउप्रमुख रानाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी सहित सरोकारवाला निकायले गुणस्तर सुधारमा जाेड दिनुपर्ने बताए ।
काउली उत्पादनले घरखर्च चलाउन सहज
डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ
कैलाली - कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि
कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु
कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती
प्रतिकृया दिनुहोस