बेलौरी : चार विद्यालयका शतप्रतिशत विद्यार्थी उर्तिण, वात्सल्यका रोहितको हाईष्ट जीपीए
चन्द्रिका चौधरी / बेलाैरी, कञ्चनपुर -
माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कञ्चनपुरको बेलौरी नगरका चार विद्यालयले शत प्रतिशत नतिजा ल्याएका छन् ।
गत शैक्षिक सत्र ०८० मा संचालन भएको एसइई परीक्षामा बेलौरी नगरपालिका क्षेत्रका चार विद्यालयले शतप्रतिशत नतिजा ल्याएका हुन् ।
बेलौरी नगरपालिकाको तथ्याङ्क अनुसार उग्रतारा वाल विद्यालय शान्तिपुर, जीवनरेखा विद्या मन्दिर रतनपुर, ब्राईटस्टार बोडिङ्ग स्कुल शान्तिपुर र सिद्धबाबा एकेडेमी बेलाैरीले शत प्रतिशत रिजल्ट ल्याएकाे हाे ।
उग्रताराका ३०, सिद्धबाबाका ३, ब्राईटस्टार बोडिङ स्कुलका २३ र जीवनरेखाका १७ विद्यार्थी एसइईमा सहभागी थिए । उनीहरु सबै उर्तिण भएका हुन् ।
भने पालिकाले दिएको तथ्याङ्क अनुसार वात्सल्य विद्या निकेतनका छात्र रोहित जोशीले बेलाैरी नगरमै हाईष्ट जीपीए ल्याएका छन् । जोशीले ३.८४ जीपीए ल्याएका हुन् ।
वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण दियालले जोशी निकै मेहनती, अनुशासित र लगनशील विद्यार्थी रहेको बताए ।, रेडियो सुदूर सञ्चार संगको टेलिफोन कुराकानीमा उनले "वात्सल्यका ४५ जना परीक्षार्थी मध्ये ४० उर्तिण भएपनि अझै हामीले सोचे जस्तो नतिजा नआएको बताए ।,
बेलाैरीका यी बाहेक अन्य निजी विद्यालयले पनि सन्तोषजनक नतिजा ल्याएका छन् । भने सामुदायिक विद्यालयकाे अवस्था निकै चिन्ताजनक रहेको देखिन्छ ।
यद्यपि बेलौरीका सामुदायिक तथा निजी गरी २६ विद्यालयका १ हजार ३७ विद्यार्थी मध्ये ३ सय ४९ उर्तिण भएका छन् बेलाैरी नगरपालिका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट भने, - "याे नगरकाे कुल ३३.६५ प्रतिशत नतिजा हाे ग्रेडबृद्धि तर्फ २ सय ५५ विद्यार्थी परीक्षामा सम्मिलित हुने छन् ।,
यसरी समग्र बेलाैरी नगरपालिकाकाे रिजल्टले विद्यार्थी शिक्षक अभिभावक र सराेकारवाला निकायले शैक्षिक गुणस्तर सुधारमा जाेड दिनुपर्ने जानकारहरु बताउँछन् ।,
वडाको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गरि पहल गर्छु : मेयर चाैधरी
बेलाैरी, कञ्चनपुर - बेलाैरी नगरपालिकाले सिमाङ्कन गरिएको क्षेत्रमा घरटहरा हटाउने सम्बन्धि वडाद्वारा जारी गरिएको सूचना कार्यान्वयन भए नभएको
कञ्चनपुर : आठ विद्यालयको नतिजा शून्य
कञ्चनपुर- कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य आएको छ। केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा
लालझाडीमा भानु मावि पालिकामै उत्कृष्ट, दुई विद्यालय निल
रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा भानु माध्यामिक विद्यालय
प्रतिकृया दिनुहोस