बेलौरी : चार विद्यालयका शतप्रतिशत विद्यार्थी उर्तिण, वात्सल्यका रोहितको हाईष्ट जीपीए

२०८१ असार १७ सोमबार

चन्द्रिका चौधरी / बेलाैरी, कञ्चनपुर


माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कञ्चनपुरको बेलौरी नगरका चार विद्यालयले शत प्रतिशत नतिजा ल्याएका छन् । 

 

गत शैक्षिक सत्र ०८० मा संचालन भएको एसइई परीक्षामा बेलौरी नगरपालिका क्षेत्रका चार विद्यालयले शतप्रतिशत नतिजा ल्याएका हुन् । 

 

Open photo

 

बेलौरी नगरपालिकाको तथ्याङ्क अनुसार उग्रतारा वाल विद्यालय शान्तिपुर, जीवनरेखा विद्या मन्दिर रतनपुर, ब्राईटस्टार बोडिङ्ग स्कुल शान्तिपुर र  सिद्धबाबा एकेडेमी बेलाैरीले शत प्रतिशत रिजल्ट ल्याएकाे हाे । 

 

Open photo

 

उग्रताराका ३०, सिद्धबाबाका ३, ब्राईटस्टार बोडिङ स्कुलका २३ र जीवनरेखाका १७ विद्यार्थी एसइईमा सहभागी थिए । उनीहरु सबै उर्तिण भएका हुन् । 

 

Open photo

 

भने पालिकाले दिएको तथ्याङ्क अनुसार वात्सल्य विद्या निकेतनका छात्र रोहित जोशीले बेलाैरी नगरमै हाईष्ट जीपीए ल्याएका छन् । जोशीले ३.८४ जीपीए ल्याएका हुन् । 

 

Open photo

 

वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण दियालले जोशी निकै मेहनती, अनुशासित र लगनशील विद्यार्थी रहेको बताए ।, रेडियो सुदूर सञ्चार संगको टेलिफोन कुराकानीमा उनले "वात्सल्यका ४५ जना परीक्षार्थी मध्ये ४० उर्तिण भएपनि अझै हामीले सोचे जस्तो नतिजा नआएको बताए ।, 

 

Open photo

 

बेलाैरीका यी बाहेक अन्य निजी विद्यालयले पनि सन्तोषजनक नतिजा ल्याएका छन् । भने सामुदायिक विद्यालयकाे अवस्था निकै चिन्ताजनक रहेको देखिन्छ । 

 

Open photo

 

यद्यपि बेलौरीका सामुदायिक तथा निजी गरी २६ विद्यालयका १ हजार ३७ विद्यार्थी मध्ये ३ सय ४९ उर्तिण भएका छन् बेलाैरी नगरपालिका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट भने, - "याे नगरकाे कुल ३३.६५ प्रतिशत नतिजा हाे ग्रेडबृद्धि तर्फ २ सय ५५ विद्यार्थी परीक्षामा सम्मिलित हुने छन् ।, 

 

यसरी समग्र बेलाैरी नगरपालिकाकाे रिजल्टले विद्यार्थी शिक्षक अभिभावक र सराेकारवाला निकायले शैक्षिक गुणस्तर सुधारमा जाेड दिनुपर्ने जानकारहरु बताउँछन् ।,

प्रतिकृया दिनुहोस

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि

कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती

लालझाडी : हात्तीको आक्रमणबाट मारिएका राना परिवारलाई सिएफसिसीद्वारा नगद राहत

नरेश राना / कञ्चनपुर - सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय