सुदूरपश्चिम प्रदेश : ५ विना विभागीय मन्त्रीलाई जिम्मेवारी, वन वातावरण तथा सहकारी मन्त्रीमा थापा

२०८१ असार १६ आइतबार

बेलाैरी, कञ्चनपुर -

 

आइतबार सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाएर ५ बिना विभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर ५ बिना विभागीय मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् राखिएको छ।

 

भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

 

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको हाे ।

 

मुख्यमन्त्री सोडारीले नेकपा एमालेका वीरबहादुर थापा पातललाई वन वातावरण तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । 

 

भने अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय, लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे जिम्मेवारी प्रदान गरिएको हाे ।

 

यस्तै, नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

 

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाट सरल स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।

 

May be an image of ticket stub and text

प्रतिकृया दिनुहोस

वडाको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गरि पहल गर्छु : मेयर चाैधरी 

बेलाैरी, कञ्चनपुर -    बेलाैरी नगरपालिकाले सिमाङ्कन गरिएको क्षेत्रमा घरटहरा हटाउने सम्बन्धि वडाद्वारा जारी गरिएको सूचना कार्यान्वयन भए नभएको

कञ्चनपुर : आठ विद्यालयको नतिजा शून्य

कञ्चनपुर-   कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य आएको छ।   केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा

लालझाडीमा भानु मावि पालिकामै उत्कृष्ट, दुई विद्यालय निल

रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर -  कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा भानु माध्यामिक विद्यालय