आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

२०८१ असार १६ शनिबार

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नारा तय गरिएको छ ।

 

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्‍याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।

 

सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी हुनुहुनेछ ।

 

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्रमको आयोजना गरेको छ । धान उत्पादन हुने जिल्लामा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।

 

धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । धानको उत्पादन बढाउन किसानलाई मनसुनले साथ दिनुपर्छ ।

 

त्यस्तै आवश्यक रासायनिक मल र प्रविधि पनि सहजरुपमा पाउनुपर्छ । तर सरकारले मलको अभाव नरहेको बताए पनि किसानले पर्याप्त रूपमा पाउन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रका कतिपय किसानले भारतबाट मल किनेर धानको रोपाइँ गर्दैछन् । भारतबाट मल भित्र्याउन सहज भने छैन । एकातिर सीमा सुरक्षा बलले रोक्ने अर्कोतिर महङ्गो तिर्नुपर्ने बाध्यता छ । बर्सेनि मुख्यबाली धानसहित अरू खेतीका लागि झन्डै छ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा

एसईईको पुरक परीक्षा साउन २३ देखि ३१ गतेसम्म

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।   राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण

आज संसद् दिवस मनाइँदै

आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको