वेदकोटको आगामी बजेट ९८ करोड ५७ लाख

२०८१ असार १० सोमबार

सुजित रमेश सिनाल / कञ्चनपुर-

 

कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । सोमवार नगर उपप्रमुख तुलसी जोशीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु भएको हो । आर्थिक वर्ष २०८१÷८२ का लागि अनुमानित कूल बजेट रू. ९८ करोड ५७ लाख ६४ हजार ९ सय ७५ रुपैयाँको अनुमानित बजेट वेदकोट नगरपालिकाले सार्वजनिक गरेको हो ।

 

जस मध्ये संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत १४ करोड ५० लाख, राजश्व वाँडफाडबाट १३ करोड २४ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल रु. २८ करोड ७३ लाख ५९ हजार ५ सय, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु. ३ करोड, संघीय समपुरक अनुदान रु. १ कराड २० लाख रहने अनुमान गरिएको छ ।

 

यस्तै, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु. १ करोड ३६ लाख २६ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु. १ करोड, सवारी साधन कर वाडफाँड शिर्षकमा प्राप्त रु. ७८ लाख ८९ हजार रहने गरेर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

 

घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु १ करोड, आगामि आ.व.को लागी प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु. ३ करोड ९० लाख ११ हजार ४ सय ७५, चालु आ.व.वाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम रु. ६ करोड ०८ लाख, सामाजिक सुरक्षा तथा संरक्षणतर्फ प्राप्त रकम रु. २२ करोड अनुमान गरिएको छ । यसैगरी, आगामी आर्थिक वर्षका लागि चालू खर्च तर्फ कूल ७३ करोड ३३ लाख ४४ हजार ५ सय विनियोजनको प्रस्ताव गरिएको छ र कूल पूँजीगत खर्च रू. २५ करोड २४ लाख २० हजार ४७५ प्रस्ताव गरिएको छ ।

 

स्थानीय तहहरूको कार्यान्वयन पश्चात जनताहरूमा धेरै अपेक्षाहरू बढेर आएको र वस्ती बस्तीमा स्थानीय तहको अनुभूति पुरयाउनु पर्ने रहेको उपप्रमुख जोशीले बताउनु भयो । त्यसैले आगामी आर्थिक वर्षका लागि हरेक वडाहरू समानुपातिक बिकाशका लागि आबश्यक श्रोत सुनिश्चितता गरी सोही वडा अन्तर्गतबाट जनताहरूले प्रस्ताव गरी पठाइएका आयोजना तथा कार्यक्रमहरूलाई छनौट गरिएको उहाँले बताउनु भयो ।

 

वडा स्तरबाट प्राथमिकीकरण भई आएका आयोजनाहरूमा कूल ५ करोड २८ लाख वजेट विनियोजन गरिएको छ । जनताका सबै अपेक्षाहरूलाई एकै वर्षमा सम्पूर्ण रूपमा संवोधन गर्न कठीन हुने भएकाले जनस्तरबाट छनौट भई आएका तर चालु आर्थिक वर्षका लागि वजेट विनियोजन हुन नसकेका योजना तथा कार्यक्रमहरूलाई योजना बैंकको रुपमा सुचिकृत गरी प्राथमिकताका आधारमा प्रदेश सरकार तथा संघीय सरकारमा सिफारिस साथ पठाउने व्यवस्था मिलाईने भएको छ ।

 

प्रत्येक वडा स्तरबाट सिफारिस भई आएका योजनाहरूको विवरण वार्षिक नगरसभा पुस्तिकामा उल्लेख गरिनेछ । समुन्नत एवं समृद्ध नगर निर्माणको लागी जनतासँग प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्य, शिक्षा, पशु, कृषि, वन एवं महिला विकासको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।

 

शिक्षा शाखामा २५ लाख, स्वास्थ्य शाखामा ६० लाख, कृषि शाखामा ४० लाख पशु सेवा शाखामा ३५ लाख, बजेट विनियोजना गरिएको छ । यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा २० लाख, सूचना प्रविधि शाखामा २ लाख, उद्योग विकास शाखा मा ५ लाख, सहकारी शाखामा ५ लाख, वन तथा वातावरणमा २ लाख, राजश्व शाखा ३ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना