बेलाैरी : अमिर अटोमोटिभ इन्टरप्राइजेजमा बजाज N-150 बाइक लञ्च

२०८१ असार ५ बुधबार

चन्द्रिका चाैधरी / बेलौरी, कञ्चनपुर -

 

बुधबार अमिर अटोमोटिभ इन्टरप्राइजेज बेलाैरीले बजाजकाे N-150 पल्सर बाइक लञ्च गरेको छ ।

 

बेलौरी बजार स्थित बजाज मोटरसाइकलको आधिकारिक विक्रेता रहेको अमिर अटोमोटिभ इन्टरप्राइजेज प्राइभेट लिमिटेडले बजाज N-150 पल्सर बाइक लञ्च गरेको इञ्जिनियर दिपेन्द्र विष्टले बताए ।

 

Open photo

 

उनले भने - "पल्सर N-150 मा अहिलेसम्मकै आकर्षक फिचर ब्लुटुथ कनेक्सन सहितको फाेनकल तथा एस एमएस अलर्ट सुविधा हो ।, यतिमात्र नभइ यसमा युएसबी चार्जिङ सेवा पनि उपलब्ध छ । त्यसैगरी यसको फ्युल इन्जेक्सन सिस्टम र बी एस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने बताइएको छ ।

 

Open photo

 

बेलाैरीका युवा उद्यमी व्यवसायी समेत रहेका इञ्जिनियर विष्टले सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर N-१५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको जनाए ।

 

Open photo

 

रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा उनले सुरक्षालाई अझै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस पनि समावेश गरिएको समेत बताए ।

 

समयको मागलाई मध्यनजर गर्दै बजाजले उक्त मोटरसाइकलको बजार मूल्य रु ३ लाख ५९ हजार ९ सय मात्र निर्धारण गरिएको छ । जुन अन्य बाइककाे तुलनामा निकै कम मानिन्छ ।

 

Open photo

 

भने, बाइक खरिद गर्न धनगढी महेन्द्रनगर जानुपर्ने बाध्यतालाई अमिर अटाेमाेटिभ इन्टरप्राइजेजले सहज गरिदिएको भन्दै बेलाैरीका स्थानीय सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।

 

Open photo

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना