दिनभर एसीमा बस्नेलाई हुनसक्ने ५ स्वास्थ्य समस्या

२०८१ असार ५ बुधबार

चर्को गर्मीबाट बच्न मानिसहरु पंखा र एयर कन्डिसनर (एसी)को सहारा लिन्छन् । पछिल्लो केही वर्षयता लगातार बढ्दो तापक्रमका कारण एयर कन्डिसनरको प्रयोग निकै बढेको छ । तर लगातार एसीको प्रयोग गर्दा स्वास्थ्यमा असर पनि गर्न सक्छ ।

 

एयर कन्डिसनरले शरीरलाई कसरी हानि गर्छ ?

 

नेसनल लाइब्रेरी अफ मेडिसिनको प्रतिवेदनका अनुसार जसले दिनभर एयर कन्डिसनरको हावामा समय बिताउँछन्, उनीहरूले प्राकृतिक भेन्टिलेसन पाउन सक्दैनन् । यसकारण उनीहरुको शरीरले सिक बिल्डिङ सिन्ड्रोमको सामना गर्नुपर्ने हुन्छ । यसले व्यक्तिको कार्यक्षमतामा असर गर्छ भने एयर कन्डिसनरको प्रयोगले हावाको गुणस्तरमा प्रभाव पार्छ र दिनभर एसीमा बस्ने मानिसले श्वासप्रश्वास र एलर्जीको समस्या पनि सामना गर्नुपर्ने हुन्छ ।

 

मानिस बाहिरबाट घरभित्र पस्ने बित्तिकै एयर कन्डिसनरको चिसो हावाको सम्पर्कमा आउँछ र कोठाभित्रको प्रदूषकहरू शरीरभित्र पसेर नकारात्मक प्रभाव पार्छ । एसीको चिसोका कारण एलर्जीको प्रभाव बढ्न थाल्छ । यसकारण छाती दुख्ने, रुघाखोकीको सामना गर्नुपर्ने हुन्छ । चिसो हावाले छालामा सुक्खापन बढाउने र ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ । यसबाहेक दिनभर एसीमा बस्दा छाला, आँखा र जोर्नीमा समस्या देखिन थाल्छ । यसबाहेक पनि यी समस्या एसीमा दिनभरि बसेकै कारण हुनसक्छ ।

 

एयर कन्डिसनरको साइइफेक्ट

 

आँखामा सुक्खापन

 

लामो समयसम्म एयर कन्डिसनरमा बस्दा ड्राइ आइज सिन्ड्रोम अर्थात् आँखामा सुक्खापन हुनसक्छ । तापक्रम घट्दा मेइबोमियन ग्रन्थीबाट ओयल सिक्रिशन (स्राव) कम हुन थाल्छ । यसकारण आँखामा विस्तारै घट्दै र सुक्खापन बढ्छ । एसीमा हुने फंगस, ब्याक्टेरिया र भाइरसले आँखा सुन्निने समस्या हुनसक्छ । साथै आँखामा चिलाउने र पोल्ने समस्या पनि बढ्न सक्छ ।

 

 

टाउको दुख्ने

 

लामो समयसम्म एयर कन्डिसनरमा बस्दा तिर्खा कम लाग्छ । नाकमा सुक्खापन बढाउँछ । यसले मस्तिष्कको रक्तनलीहरु संकुचन हुने गर्छ, जुन टाउको दुख्ने कारण हुनसक्छ । साथै मांसपेशी र जोर्नी दुख्ने समस्या पनि हुन्छ । यसबाट बच्न तापक्रम बढाएर शरीरलाई हाइड्रेटेड राख्ने प्रयास गर्नुपर्छ ।

 

छाला सुक्खा हुने

 

एयर कन्डिसनरको लगातार प्रयोगले छालामा चिलाउने समस्या बढाउँछ । चिसो हावाको कारणले छालाको नरमपना कम हुँदै जाने र छालामा सुक्खापन बढाउँछ । यसकारण छाला फुस्रो र रुखो देखिन थाल्छ । साथै, छालाको लचिलोपनामा कमी पनि आउँछ । यस्तो अवस्थामा छालालाई हाइड्रेटेड राख्न यसलाई मोइस्चराइज राख्नु महत्त्वपूर्ण हुन्छ ।

 

श्वासप्रश्वासमा समस्या हुने

 

लङ फाउन्डेसन अस्ट्रेलियाका अनुसार एयर कन्डिसनबाट निस्कने चिसो हावाले माथिल्लो श्वासनली अर्थात् नाक र घाँटी वा तल्लो श्वासनलीमा पोल्ने गराउँछ । श्वासनलीमा असर गर्नाले खोकी निम्त्याउन सक्छ । नाकबाट सास फेर्दा हावा फिल्टर भएर शरीरमा प्रवेश गर्छ तर मुखबाट सास फेर्दा धुलोका कणहरू छाती र फोक्सोको सम्पर्कमा आउँछन् । त्यसैले एसीमा बस्दा विभिन्न समस्या हुनसक्छ ।

 

थकान

 

दिनभर एयर कन्डिसनरमा बस्दा मेटाबोलिज्म सुस्त हुन्छ र तिर्खा लाग्दैन । शरीरमा ऊर्जा कम हुन्छ । ताजा हावाको सम्पर्क नहुँदा मानिसलाई थकान, कमजोरी र उदास महसुस हुन थाल्छ । साथै शरीरमा डिहाइड्रेसन पनि हुन्छ ।

 

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ?

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

स्तन क्यान्सर बढी महिलाहरुमा हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानै समेत गुमाउनु परेको छ । स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने

सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार

देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ ।   स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै