आँप र केरा पकाउन रसायन प्रयोग नगर्न विभागको आग्रह

२०८१ असार २ आइतबार

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँप र केरा लगायतका फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) रसायनको प्रयोग नगर्न आग्रह गरेको छ ।

 

 हाल बजारमा नेपाली उत्पादन आउने समय भएकाले आँप र केरा लगायतका फलफूल पकाउन कार्वाइडको प्रयोग नगर्न आग्रह गरिएको हो । 

 

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइडको प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएकाले सो नियम पालना गर्न विभागको सूचनामा उल्लेख छ । 

 

आँप/ केरा लगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड पाइएमा त्यस्ता फलफूल खरिद नगर्न, विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ । 

 

साथै फलफूल उपभोग गर्दा सफा पानीले राम्ररी पखालेर मात्र उपभोग गर्नसमेत आम नागरिकलाई विभागको आग्रह छ । 

प्रतिकृया दिनुहोस

डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो

हुम्ला बाहेक देशका सबै जिल्लामा फैलिएको डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ ।    इपिडिमियोलोजी तथा रोग नियन्त्रण

देशभर १९ हजार बढी व्यक्तिमा डेंगु संक्रमण

देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको

किन कमजोर बन्दैछन् नेपालीका हाड?

‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्‍याङ ओर्लंदा फर्किएको