सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

२०८१ असार २ आइतबार

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।

 

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले  प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

 

चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन भएको छ ।

 

स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख र सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना