बेलाैरी : आइतबार स्थानीय बिदा

२०८१ जेठ ३२ शुक्रबार

बेलाैरी, कञ्चनपुर -

 

बेलौरी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै असार २ गते आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो । 

 

हरेक वर्ष जेष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन मनाइने गंगा दशहरा मेलाकाे अवसरमा आइतबार स्थानीय बिदा दिइएको नगरपालिकाले जनाइएको छ ।

 

बेलौरी ५ भकुण्डा स्थित श्री कालेश्वर महादेव नक्टाबाबा मन्दिरमा हरेक वर्ष उक्त मेला लाग्ने गर्दछ । यसपटक असार १ देखि ५ गते सम्म सञ्चालनहुने मेलामा हिन्दुधर्मावलम्बी एवम् भक्तजनहरुकाे बाक्लो उपस्थिति रहन्छ । 

 

भने साेही अवसरमा (आइतबार एकदिन) बेलाैरी नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरुमा स्थानीय सार्वजनिक बिदादिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

 

भने उता छिमेकी, लालझाडी गाउँपालिकाले पनि एक सूचना जारीगर्दै साेही दिन स्थानीय बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना