बजेटमाथिको सामान्य छलफल बुधबार सकिने

२०८१ जेठ २१ सोमबार

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।

 

सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् ।

 

सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ ।

 

प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । उक्त बैठकमा एक घण्टा बजेटमाथि सामान्य छलफल चलाउने र त्यसपछि अर्थमन्त्री पुनले जवाफ दिनेछन् ।

प्रतिकृया दिनुहोस

दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुने बताएका छन् ।   बिहीबार

आज बजेट सार्वजनिक हुँदै

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।   यही जेठ १ गते राष्ट्रपति