सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८१ जेठ १३ आइतबार

नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

 

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

 

त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्सि १५ गतेसम्म सदनको अवरोध हट्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १०  गतेदेखि १६ गतेसम्म दल दर्ताको निवेदन

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त