त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

२०८० माघ १५ सोमबार

त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ ।

 

अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

 

आवेदनअनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत् वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

 

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन लागेको हो । 

 

 

 

प्रतिकृया दिनुहोस

ऊ बाउ बन्दैछ रे!

उसको र मेरो घर एकै जिल्ला हो। हामी एकै कक्षा पढेका थियौँ। स्कुलको ट्यालेन्ट केटा ऊ। म भने न जान्नेमा पर्थेँ, न कमजोर विद्यार्थीमै।   सानै कक्षादेखि

अझै पनि माया लाग्छ!

खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केही समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज। एक्कासी तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न

म यस्तै हो!

एउटा मानिसले जन्म लिँदै गर्दा  यो संसार देख्ने चिच्याहटसँग बहाना बोकेर आएको हुन्छ।   उसको रूवाइ जति शक्तिशाली हुन्छ, त्यति नै भयंकर उसको झुट