बेलौरी प्रति राज्यको दोस्रो विभेदपूर्ण कदम : पूर्वप्राचार्य जोशी

२०८० कार्तिक १९ आइतबार

२०१९ सालमा कञ्चनपुर भन्सार कार्यालय बेलौरीबाट महेन्द्रनगर सारियो भने कैलाली भन्सार कार्यालय त्रिनगर धनगढीमा स्थापना गरियो । दुबै भन्सार कार्यालयका लागि कर्मचारीहरु बेलौरी भन्सारबाट नै सरुवा गरि पदस्थापित गरिएका हुन् ।

 

कञ्चनपुर कैलालीको सदरमुकाम बेलौरी तोकिएको वर्ष १९१७ साल देखि ०१९ सालसम्म प्रमुख नाका भन्सार र ०२० सालदेखि ०७४ सालसम्म कञ्चनपुर मातहत रहेको १५८ वर्षको लामो अवधिभरि राजस्व संकलन, व्यापार सहजीकरण एवं व्यवस्थापनमा देशभरी नै उत्कृष्ट मध्येको बेलौरी भन्सार थियो ।

 

०७४ असार ५ गते अर्थ मन्त्रालयका  सह–सचिवको हस्ताक्षरित सुचनामा व्यापार सहजीकरण र व्यवस्थापनको निहुँमा बेजिल्ला (अर्को जिल्ला) को भन्सार कार्यालय मातहत सारेको सुचनाले लिखितमा कैलाली भन्सार कार्यालय मातहत (Under) भनिएको एक डेढ वर्ष भित्रै व्यवहारमा समाहित (Merge) अनि समाप्त (Collapse) गराउन असार ५ पछिको कुनै दिन कार्यालयमा ताला लगाएर कर्मचारीविहीन, कुरुवाविहीन, सुरक्षाविहीन, मर्मतसम्भार विहीन पार्नु यो क्षेत्रको भाग्य र भविष्य प्रति राज्यको दोस्रो विभेदपूर्ण कदम सावित भयो ।

 

यस अवस्थामा शिर्ष नेताहरु एवं स्वयं प्रधानमन्त्रीको आश्वासन समेत लामो समयसम्म कार्यान्वयन नहँदा यहाँका उद्योगी व्यापारी, किसान, मजदुर, जनता, जनप्रतिनिधि, सरोकारवाला, संघसंस्था, निकाय सबै आन्दोलित हुने अवस्था सृजना ग¥यो । यसअघि ०१७ साल पुस १ गतेको राजनैतिक घटनाको विरोधमा देशको विभिन्न भागमा घटेका घटनाहरु जस्तै बेलौरीमा पनि ०१८ साल भदौ १४ गते राती भएको घटनालाई अत (तत्कालीन राजनैतिक भाषामा, राजनैतिक दलका नेता, कार्यकर्ता र आस्थावान व्यक्तिलाई संकेत गर्ने अराष्ट्रिय तत्वको संक्षिप्त रुपले गराएको भनी शताब्दी बढी समयदेखि कञ्चनपुरको र पुर्वाद्र्धमा कैलालीको समेत साविक सदरमुकामलाई बेलौरीबाट अन्तैसार्ने ०१९ सालको सरकारी कदम पनि बेलौरीका लागि  विभेदपूर्ण नै थियो ।

 

त्यस बेला जन्मेका बालक अहिले ६० वर्षे जेष्ठ नागरिक भएका छन् । जनचेतनाको स्तर निकै माथि उठेको छ । युवा युवती लगायत आम नागरिक आफ्नो हकहितका लागि सजग र सचेत छन् । बेलौरी भन्सारका कर्मचारीको चरम लापरवाही, वेवास्ता र गैर जिम्मेवारीपनले आफ्नै स्वामित्वको ३ वटा भवन र कञ्चनपुर जिल्ला साविक श्रीपुर वडा नं. ९ को ९४७५ व.मि क्षेत्रफलको परिसर वर्षौसम्म न्यूनतम रेखदेख र सरसफाईको समेत अभावले झाडीवन्दी भएर हिंसक जीवजन्तु, दुव्र्यसनी र अन्य गलत तत्वको आश्रयस्थल बन्दा उद्योगी व्यापारी, पर्यटक तथा सर्वसाधारण यात्रु र छरछिमेकका वासिन्दाका लागि समेत खतराजन्य, त्रासपूर्ण वातावरण बनेको थियो ।

 

बेलौरी भन्सारको यो दुरावस्थाका लागि बेलौरी भन्सार कार्यालयलाई रेखदेख र नियमन गराउने जिम्मेवारी पाएको कैलाली भन्सार कार्यालय पनि कम जिम्मेवार हो भन्न मिल्ने अवस्था देखिदैन । यस बाहेक भन्सारको उपयोगमा आउने १२०८० व.मि. जग्गा पनि वेवारिसे अल्पत्र पारिएको अवस्था छ । जसलाई कैलाली भन्सार कार्यालयले ०७८ बैशाखमा नापी कार्यालय बेलौरीको सहयोग लिई सिमाङ्कन गराएको छ ।   

 

०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि कार्यान्वयन हुन निर्वाचनद्वारा संघीय, प्रादेशिक र स्थानीय सरकार गठन गर्नु पहिलो राष्ट्रिय महत्वको विषय बन्यो । अर्थ मन्त्रालयका सह–सचिवको हस्ताक्षरित सुचना (नेपाल सरकारले भन्सार ऐन ०६४ भाग ३ ले दिएको अधिकार प्रयोग गरी व्यापार सहजीकरण तथा व्यवस्थापनको लागि कञ्चनपुर भन्सार कार्यालय मातहत रहेको बेलौरी भन्सार कार्यालयलाई कैलाली भन्सार कार्यालय मातहत रहने गरी भन्सार क्षेत्र कायम गरेको सुचना प्रकाशन गरिएको छ ।  भने अर्को तर्फ सुचनामा नै प्रस्तावित गरिएको व्यापार सहजीकरण तथा व्यवस्थापनको लागि भन्ने उद्देश्यको पुर्ण वेवास्ता गरी  बेलौरीप्रतिको दोस्रो अन्यायपूर्ण कदम सावित भएको छ । 

 

१. सुचना प्रकाशन गरेको मितिले ९ दिनपछि स्थानीय सरकारका लागि मतदान हुदै थियो ।

२. विभिन्न राजनैतिक दलका शिर्षदेखि स्थानीय नेता कार्यकर्ता र स्वयं उम्मेदवार सबैले चुनाव प्रचार अभियान तिव्र पारेको समयमा उक्त दिन (असार १४) मा मतदान हुने सम्पूर्ण पालिकाहरु निर्वाचनमयी बनेको अवस्था थियो ।

३. संविधान कार्यान्वयनकै चरणमा ०७४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन तय भएको थियो । 

४. निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र तवरले निर्वाचन सम्पन्न गर्न निर्वाचन आचारसंहिताले निर्वाचन प्रयोजनका लागि बाहेक कर्मचारी, सरुवा, बढुवा र भर्ना गर्न छूट हुदैन । तत्काल नगरी नहुने कामका लागि सरकारले निर्वाचन आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ ।

५. ऐतिहासिक, भौगौलिक, वाणिज्य व्यापारिक एवं पर्यटकीय महत्व बोकेको दक्षिण तर्फबाट सुदुरपश्चिम प्रदेशकै मुख्य प्रवेशद्वार मानिएको जिल्लाका ९ पालिका मध्ये ६ पालिकाका लाखौं जनताको प्रत्यक्ष सरोकार रहेको बेलौरी भन्सारको महत्व बोध गरेर नै शिर्ष नेताहरु सम्माननीय प्रधानमन्त्री एवं ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पनि बेलौरी भन्सारको स्तरोन्नति आवश्यक छ र हुन्छ भनि जनता सामु गरेको प्रतिवद्धता जग जाहेरै छ ।

६. सरकारको पूर्ण ध्यान संविधान कार्यान्वयनका लागि निर्वाचन उन्मुख भएकोले राजनीति तरलतम अवस्थामा रहेका बेला बेलौरी भन्सारलाई सरोकारवाला जनता जनप्रतिनिधि उद्योगी, व्यापारी, प्रतिनिधिमुलक संघसंस्था तथा शिर्ष नेताहरु एवं प्रधानमन्त्री स्वंयको चाहना र प्रतिबद्धता तथा कञ्चनपुर जिल्लाका सरोकारवाला सरकारी कार्यालयलाई समेत नजर अन्दाज गर्दै ऐतिहासिक बेलौरी भन्सारलाई कैलाली भन्सार कार्यालय मातहत राख्ने उक्त निर्णय बेलौरी प्रतिको विभेद र अन्यायपूर्ण कदम हो ।

   

 केशव राज जोशी - (पूर्वप्राचार्य) श्री महाकाली मा.वि बेलौरी, कञ्चनपुर

माेवाइल - ९८४२२२७८४८ 

प्रतिकृया दिनुहोस

स्वास्थ्य बीमा किन चाहिन्छ?

नेपालमा यही असोज दोस्रो साताको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी २३० जनाभन्दा बढीको ज्यान गयो। अर्बौं रूपैयाँको भौतिक क्षति भयो।   नेपाल

इजरायलले सिनवारलाई मारेको घटना टर्निङ पोइन्ट होइन : अमेरिकी विज्ञ

जबकि हमास नेताको मृत्यु बेन्जामिन नेतान्याहुको लागि एउटा राजनीतिक विजयको प्रतिनिधित्व गर्छ, इजरायल अझै गाजामा शासन गर्ने यथार्थवादी योजनासँग नजिक

पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना

नेपालमा सवारीसाधनको सङ्ख्या साढे चार लाखभन्दा बढी पुगिसकेको छ । त्यसै गरी सवारीसाधनको भित्रिने क्रम प्रत्येक वर्ष १० देखि १७ प्रतिशतका दरले वृद्धि