एनपीएलको ट्रफी सार्वजनिक, ट्रफीमा कालापत्थरको ढुङ्गा समावेश
आउँदो १५ गतेदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलमा सहभागी ८ टिमका मार्की खेलाडीहरुको सहभागितामा आज बिहान धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण गर्नुभएको हो ।
ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा समावेश गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले ओलीले एनपीएलले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
स्वास्थ्य बीमा किन चाहिन्छ?
नेपालमा यही असोज दोस्रो साताको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी २३० जनाभन्दा बढीको ज्यान गयो। अर्बौं रूपैयाँको भौतिक क्षति भयो। नेपाल
नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू, नेपालले श्रीलङ्कासँग खेल्दै
नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका लाहोरमा नेपाली समयअनुसार बिहान सवा ११
सुदूरपश्चिम रोयल्सले भोलि धनगढीमा र्याली गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले भोलि धनगढीमा र्याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले भोलि धनगढीको
प्रतिकृया दिनुहोस