महिला साफ च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै

२०८१ कार्तिक २ शुक्रबार

महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे श्रीलङ्का र माल्दिभ्स पनि खेल्दैछन् । हिजो भएको उद्घाटन खलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएर विजयी शुरुवात गरेको छ ।

 

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले खेल्नेछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

 

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा

पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो खेलमा नेपाल विजयी

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७