दुई हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

२०८१ कार्तिक २ शुक्रबार

स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गरेकाे छ । बिहीबारकाे तुलनामा एकै दिन प्रतिताेला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ रेकर्ड कायम गरेकाे हाे ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेकाे छ । यसअघि बिहीबार सुन प्रतिताेला १ लाख ६२ हजार ४०० रुपैयाँमा किनबेच भएकाे थियाे ।

 

सुनकाे मूल्यले रेकर्ड कायम गरिरहँदा चाँदीको मूल्य पनि ह्वात्तै बढेकाे छ ।

 

महासंघका अनुसार बिहीबार प्रतिताेला १ हजार ९५० रूपैयाँमा किनबेच भएकाे चाँदीकाे मूल्य शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ पुगेकाे छ । जुन अघिल्लाे दिनकाे तुलनामा ३० रूपैयाँले बढी हाे ।

 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसकाे प्रभावस्वरूप स्थानीय बजारमा पनि मूल्य बढेकाे हाे । विशेषगरी नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चितताकाे वातावरण तथा मध्यपूर्वको युद्धकाे कारण सुनकाे माग बढेसँगै अन्तर्राष्ट्रिय तहमै सुनकाे मूल्य बढिरहेकाे छ ।

प्रतिकृया दिनुहोस

१३ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।   मंगलबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।   निगमले