दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

२०८१ असोज ३० बुधबार

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

 

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

 

साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले राससलाई जानकारी दिए। आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो।

 

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो।

 

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्। आफन्त टाढा हुनेका लागि बडादशैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।

 

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ। निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन्।

 

बडादशैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन्। टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ।

 

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैँ समापन हुन्छ।

प्रतिकृया दिनुहोस

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको

देशका अधिकांश भूभागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको