पुलिस ब्याटनमा प्रहरी निरीक्षक जैशी सम्मानित

२०८१ असोज २९ मंगलबार

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -


नेपाल प्रहरीका एक प्रहरी अधिकृत एवम् तत्कालीन ईलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज सम्मानित भएका छन् ।
 
ईलाका प्रहरी कार्यालय बेलौरी इन्चार्जको जिम्मेवारीमा रहेका बेला प्रहरी निरीक्षक गौरी प्रशाद जैशीले उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सम्मान गरिएको हाे । 


मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयले एक कार्यक्रमका बिच प्रशंसा पत्र प्रदान गदै निरीक्षक जैशीलाई सम्मान गरेको छ । 

 

हालैमात्र नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएका प्रहरी निरीक्षक जैशीकाे इप्रका बेलाैरी सेवा अवधि (police bation) पुलिस ब्याटनकाे सुदूरपश्चिममै सर्वाेत्कृष्ट सूचीमा परेकाे जनाइएकाे छ । 


प्रहरी हेडक्वाटरले काठमाण्डौँमा आयोजना गरेको ६९प्रहरी दिवस कार्यक्रममा नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (पुलिस ब्याटन) मा ईलाका प्रहरी कार्यालय मध्ये बेलौरी उत्कृष्ट स्थान हासिल गरेको भन्दै प्रशंसा पत्र मार्फत सम्मान गरिएको हाे निरीक्षक जैशीले भने, यसका लागि बेलाैरी बासी सबैलाई धन्यवाद ।" 


उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षक गाैरी प्रसाद जैसीलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए । 


बेलौरी रहदा लागूऔषध नियन्त्रण महाअभियान २०८० सञ्चालन गरेर प्रहरी संगठन भित्र र बाहिर निकै चर्चा कमाएका सिंङ्गघम शैलीका प्रहरी निरीक्षक जैशी अपराध अनुसन्धानमा पनि उत्तिकै अब्बल मानिन्छन् ।


उनले बेलाैरीकाे शान्ति सुरक्षा र खुला सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप राेकथाम तथा नियन्त्रणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यतिमात्र नभइ उनलेे बेलाैरी भएका बेला अन्य प्रहरी इन्चार्जकाे तुलनामा उत्कृष्ट कार्य सम्पादन गरेकाे तथ्यांकमा उल्लेख छ । 

 

प्रहरी महानिरीक्षक कुवँरबाट सम्मानित भएपछि अझै थप जिम्मेवारी बाेध भएको भन्दै निरीक्षक जैशीले बेलाैरी बखतमा महत्त्वपूर्ण कार्य सम्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण बेलाैरी क्षेत्रबासी प्रति आभार प्रकट गरेका छन् । 

 

भने यतिबेला उनको प्रहरी भित्र र बाहिर निकै प्रशंसा भईरहेको छ ।

प्रतिकृया दिनुहोस

कैलाली र कञ्चनपुरमा लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कैलाली र कञ्चनपुरमा लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै छ।   औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको

माओवादी केन्दीय नेताहरुलाई सुदूरपश्चिम प्रदेश भूगोल, विभाग, जनवर्गीय संगठनको जिम्मेवारी

कञ्चनपुर - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । माओवादी केन्द्र

कैलालीमा दशैँको अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना

कैलाली -   कैलालीमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।   कैलालीमा