महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

२०८१ असोज २९ मंगलबार

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

 

एन्फाले घोषणा गरेको टोलीमा कप्तान अन्जिला तुम्बापो सुब्बा , अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर  छन् ।

 

यस्तै रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत,अमिषा कार्की र विमला चौधरी पनि सहभागी छन् । यसैगरी रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र  सावित्रा भण्डारी टोलीमा छन् ।

 

साफ महिला फुटबल च्याम्पियनशिप पर्सि विहिवारदेखि काठमाण्डौमा हुँदै छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समुह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

 

प्रतियोगिताको पहिलो खेल पर्सि  भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले भने शुक्रवार पहिलो खेलमा भुटानसँग खेल्दैछ । 
 

प्रतिकृया दिनुहोस

महिला साफ च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै

महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे

पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो खेलमा नेपाल विजयी

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७