कैलालीमा दशैँको अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना

२०८१ असोज २९ मंगलबार

कैलाली -

 

कैलालीमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।

 

कैलालीमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले मदिरा सेवन गरेर सवारी चलाउने गरेका कारण दशैंको समयमा सवारी दुर्घटना बढेको बताए । जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख गंगाबहादुर सारुले सार्वजनिक सवारी सञ्चालन नचलेको समयमा मोटरसाइकल र स्कुटरमा क्षमताभन्दा बढी यात्रु राखेर चलाउँदा र मादक पदार्थ सेवन गर्दा दुर्घटना बढेको हो । उनले भने, ‘यो अवधिमा ठुला सवारी दुर्घटना भएनन । बढी यात्रु भएका सवारी दुर्घटना भएको छैन् । दुई पाङ्ग्रे सवारी बढी दुर्घटना भएका छन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म १३ वटा दुर्घटना भएका छन् । जिल्लामा दशैँको समयमा भएका ती दुर्घटनामा परेर २५ जना घाइते भएका छन् । कैलालीमा दशैँको समयमा मात्र पाँच जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । दुर्घटनामा परेकाहरुमा धेरै जसो मदिरा सेवन गरेर सवारी चलाउने रहेको पाइएको छ । उनले भने, ‘विगतको भन्दा कम दुर्घटना भएका छन् । हामीले दुर्घटना नघटाउने प्रयास पनि गरेका थियौ । अझै गर्दै छौ।’ कैलालीका मुख्य राजमार्गहरु र ग्रामिण बस्तीका सडकहरुमा दशैँको समयमा धेरै दुर्घटना भएका छन् । दुर्घटनाको संख्या धेरै भएपनि ट्राफिक प्रहरीसँग पूर्ण विवरण भने छैन ।

 

ट्राफिक प्रहरी नपुगेको तथा ग्रामिण क्षेत्रका सडकहरुमा भएका दुर्घटनाको विवरण प्राप्त नभएको ट्राफिक प्रहरीले बताए । ट्राफिक प्रहरी प्रमुख सारुले १७ गतेदखि हालसम्म मोटरसाइकल र स्कुटर बढी दुर्घटना भएको बताए । सुदूरपश्चिम प्रदेश प्रहरीले दुर्घटना न्यूनिकरणका लागि दशैंको समयमा ठुलो संख्यामा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको दाबी गरेको थियो । तर, यही समयमा सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ ।

 

प्रतिकृया दिनुहोस

कैलाली र कञ्चनपुरमा लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कैलाली र कञ्चनपुरमा लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै छ।   औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको

माओवादी केन्दीय नेताहरुलाई सुदूरपश्चिम प्रदेश भूगोल, विभाग, जनवर्गीय संगठनको जिम्मेवारी

कञ्चनपुर - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । माओवादी केन्द्र

पुलिस ब्याटनमा प्रहरी निरीक्षक जैशी सम्मानित

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर - नेपाल प्रहरीका एक प्रहरी अधिकृत एवम् तत्कालीन ईलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज सम्मानित भएका छन्