सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै

२०८१ असोज २९ मंगलबार

दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।

 

आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाण्डौ उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैँमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाण्डौँमा भिडभाड बढ्न लागेको छ ।

 

काठमाण्डौ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

 

यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् । कतै सडक एकतर्फी मात्रै खुलेका छन् भने दुईतर्फी खुलेका सडक पनि धुलाम्मे र हिलाम्मे छन् । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने भरपर्दो मानिएको बीपी राजमार्गको १२ किलोमिटर सडक नै बाढीले बगाएपछि यो सडकको यात्रा अनिश्चित छ ।

 

अस्थायी डाइभर्सन बनाएर सडक एकतर्फी रुपमा चलाए पनि बेला बेला झर्ने सुक्खा पहिरोले यात्रा जोखिमपूर्ण बनाएको छ । साना नीजि गाडी चलेपछि ठूला सार्वजनिक गाडी बीपी राजमार्ग हुँदै चल्न सकेका छैनन् । ठूला गाडी नचलाउन र साना गाडीमा पनि फोर ह्विलर चलाउन सडक विभागले आग्रह गरेको छ ।

 

बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाण्डौ आउने गाडीका कारण हेटौँडा–काठमाण्डौ छोटा सडकमा गाडीको चाप छ । कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामोे जाम हुने गरेको छ । फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाण्डौ आउने सडक भने ठिकठाक रहेको छ ।

 

यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ । 

प्रतिकृया दिनुहोस

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको

देशका अधिकांश भूभागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको