आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

२०८१ असोज २९ मंगलबार

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

 

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको काठमाण्डौमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । बडादशैँको सार्वजनिक बिदा हिजो सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भए पनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहन्छ ।

 

यस वर्ष कात्तिक १ गते पर्सि बिहीवार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । 

प्रतिकृया दिनुहोस

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको

देशका अधिकांश भूभागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको