यात्रुले आपतकालीन ढोका खोलेपछि...

२०८१ असोज २४ बिहीबार

एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु पङ्कजविक्रम शाहले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो ।

 

आज बिहानै काठमाण्डौबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो । मौसम खुलेपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज धावनमार्ग पस्दै गर्दा शाहले आपतकालीन ढोका खोलेका थिए । त्यसपछि जहाजलाई पार्किङमा फर्काएर जाँच भइरहेको छ ।

 

दशैँको समयमा एउटा उडानको समय ढीला हुँदा यसले सबै उडान प्रभावित हुन्छन् । यसअघि यही असोजको १६ र २१ गते पनि यात्रुले विमानका आपतकालीन ढोका खोल्दा उडान प्रभावित भएका थिए । आपतकालीन अवस्थाबाहेक अरु समयमा यात्रुले आपतकालीन अर्थात् इमेर्जेन्सी ढोका खोल्न पाइँदैन ।

 

हवाई उडानमा बाधा पुर्‍याउने यात्रुलाई एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । आज विनाकारण आपत्कालिन ढोका खोलेका यात्रु पङ्कज शाहलाई प्रहरीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर

३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेचेपछी...

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डाैकाे शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे छ । अङ्कित

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक !

तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो।