पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने

२०८१ असोज २१ सोमबार

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख रुपैयाँ दिने भएको छ ।

 

एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ जना खेलाडीको पुरिएर ज्यान गएको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा हिजो बसेको आपतकालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप रकम दिने निर्णय गरेको हो ।

 

बैठकले दिवङ्गत खेलाडीहरुको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्दिने निर्णय पनि गरेको छ । घटनाबारे सत्यतथ्य विवरण सङ्कलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेस गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन भएको छ । 

 

प्रतिकृया दिनुहोस

महिला साफ च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै

महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो खेलमा नेपाल विजयी

क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७