बाढी पहिरोबाट ज्या*न गुमाउनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता
वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई/दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक/एक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ ।
प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
काठमाडौं जोड्ने सबै मुख्य राजमार्ग अवरुद्ध, खुल्ने अझै अनिश्चित
बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक
बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर ५० जनाको ज्या*न गयो
मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको
नारायणगढबाट काठमाण्डौको सडकमा भोलिसम्म गाडी चलाउन रोक
जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले सूचना निकालेर लगातारको वर्षा
प्रतिकृया दिनुहोस