नारायणगढबाट काठमाण्डौको सडकमा भोलिसम्म गाडी चलाउन रोक

२०८१ असोज १२ शनिबार

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले सूचना निकालेर लगातारको वर्षा नरोकिएको र बाढी पहिरोको जोखिम बढेको कारण चितवन हुँदै काठमाण्डौ जाने राजमार्गमा गाडी चलाउन रोक लगाएको जानकारी गराएको हो ।

 

सूचनामा हिजो चितवनबाट काठमाण्डौतर्फ हिँडेका गाडीहरु भोलिसम्म आँपटारीमै रोकिनुपर्ने पनि उल्लेख छ । वर्षा र जोखिमको अवस्था हेरेर भोलि बिहान ५ बजे पछि अर्को निर्णय लिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

 

नारायणगढ–मुग्लिन सडकको २६ किलोमा सडक भासिएको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरूद्ध छन् ।

 

प्रतिकृया दिनुहोस

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर ५० जनाको ज्या*न गयो

मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको

आज दिनभर वर्षा, बेलुकादेखि कम हुने

अहिले देशको कोशी, मधेश बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुसहित भारतको मध्य प्रदेश र

नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो, कोशीमा `रेड अलर्ट´ जारी

पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि