नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलियो, कोशीमा `रेड अलर्ट´ जारी

२०८१ असोज १२ शनिबार

पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।

 

यसैबीच कोशीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले रेड अलर्ट जारी गरेको छ । ब्यारेजका ५६ वटै ढोका बिहान ८ बजेदेखि नै खोलिएको छ । आज दिउँसो एक बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।

 

सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव हुने क्षमता भनिएको थियो । तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाव क्षमतामा कमी आएको हो ।

 

कोशी ब्यारेज पुलमा पैदलयात्रीको आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर ५० जनाको ज्या*न गयो

मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको

नारायणगढबाट काठमाण्डौको सडकमा भोलिसम्म गाडी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले सूचना निकालेर लगातारको वर्षा

आज दिनभर वर्षा, बेलुकादेखि कम हुने

अहिले देशको कोशी, मधेश बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुसहित भारतको मध्य प्रदेश र