नेपाल र ओमान बिचको खेल वर्षाका कारण रद्द

२०८१ असोज ९ बुधबार

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन । खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाडेका छन् ।

 

त्रिदेशीय श्रृङ्खलामा लगातारको हारका कारण दबाबमा रहेको नेपालले यो श्रृङ्खलाको आफ्नो अन्तिम खेल ओमानसँग खेल्न पाएन । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

 

८ वटा टोली सहभागि लिग–२ को अङ्क तालिकामा नेपाल ८ खेलमा ३ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा यथावत् छ । ओमान ७ खेलमा ६ अङ्कका साथ छैटौँ स्थानमा छ । क्यानडा ११ खेलमा १४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

 

एकदिवसीय श्रृङ्खलापछि यही असोज १२ देखि १७ गतेसम्म नेपाल, ओमान र क्यानडाबीच टी–२० श्रृङ्खला पनि हुँदैछ । 
 

प्रतिकृया दिनुहोस

साफ महिला च्याम्पियनशिपका लागि नेपालकाे प्रारम्भिक टोलीमा ४० जना खेलाडी

साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालले प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाएको छ ।   नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न

काभा वुमन्स क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई

नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा